शाखा अधिकृत दोश्रो पत्र नमुना प्रश्न पत्र लोक सेवा आयोग
राजपत्रांकित तृतीय श्रेणी, अप्राविधिक तर्फका विभिन्न सेवा/समूह, शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको प्रतियोगितात्मक लिखित नमुना परीक्षा–२०८२ समय : ३ घण्टा पूर्णाङ्क : १०० विषय : शासन प्रणाली (Governance Systems) उत्तीर्णाङ्क : ४० निम्न प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुहोस्, अन्यथा उत्तर पुस्तिका रद्द हुनेछ। Section-A (30 Marks) १. कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा व्यवस्थापनमा अन्य कुराका अतिरिक्त भू–राजनीतिक (Geo-political) अवस्थाको सन्दर्भलाई पनि ध्यान दिनुपर्छ भनिन्छ। नेपालको राष्ट्रिय सुरक्षामा भू–राजनीतिक अवस्थाको विश्लेषण गर्दै त्यसको प्रभावकारी व्यवस्थापन गर्न के–कस्ता नीति लिनुपर्छ? आफ्नो विचार प्रस्तुत गर्नुहोस्। (४+६) २. नेपालको संविधान बमोजिम कार्यपालिकाको गठन विधि उल्लेख गर्दै कार्यपालिकाको विधायिकी र वित्तीय भूमिकाबारे स्पष्ट गर्नुहोस्। (१०) ३. नेपालले किन संघीय शासन प्रणाली अवलम्बन गरेको हो? चर्चा गर्नुहोस्। नेपालमा संघीयताको कार्यान्वयनको अवस्था समीक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न के गर्नुपर्ला? विश्लेषणात्मक उत्…