Posts

नयाँ मन्त्रिपरिषद् गठन : राष्ट्रपति कार्यालयद्वारा कार्यविभाजनसहित मन्त्रिपरिषद् घोषणा

नयाँ मन्त्रिपरिषद् गठन : राष्ट्रपति कार्यालयद्वारा कार्यविभाजनसहित मन्त्रिपरिषद् घोषणा
Reinforce Nepal
नयाँ मन्त्रिपरिषद् गठन : राष्ट्रपति कार्यालयद्वारा कार्यविभाजनसहित मन्त्रिपरिषद् घोषणा
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरी मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक गरेको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी तोक्दै सरकारलाई औपचारिक रूपमा पूर्णता दिइएको हो। नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्रीका रूपमा श्री वालन्द्र शाह नियुक्त भएका छन्। प्रधानमन्त्रीले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। यससँगै विभिन्न क्षेत्र समेट्ने गरी अन्य मन्त्रीहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मन्त्रिपरिषद् सदस्य र जिम्मेवारी सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्ले लाई दिइएको छ भने गृह मन्त्रालय श्री सुदन गुरुङ ले सम्हाल्ने भएका छन्। परराष्ट्र मन्त्रालय श्री शिशिर खनाल लाई दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी श्री सुमित लम्साल लाई प्रदान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय श्री विजयनाथ श्रेष्ठ ले सम्हाल्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय श्री खड्गराज…