अबदेखि न घुस दिने, न घुस लिने — पूर्वाधार क्षेत्रमा नयाँ सुरुवातको संकेत
Reinforce Nepal
अबदेखि न घुस दिने, न घुस लिने — पूर्वाधार क्षेत्रमा नयाँ सुरुवातको संकेत
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार दिउँसो भएको एक महत्वपूर्ण भेटघाटले निर्माण क्षेत्रको पुरानो समस्यामाथि नयाँ आशा जगाएको छ। भ्रष्टाचार, ढिलासुस्ती र भुक्तानी समस्याले वर्षौँदेखि ग्रस्त रहेको पूर्वाधार क्षेत्रमा सुधारको संकेत देखिएको हो। यस भेटमा नेपाल निर्माण व्यवसायी महासंघ का पदाधिकारीहरू मन्त्रालय पुगेका थिए। उनीहरूले नयाँ जिम्मेवारी सम्हालेका मन्त्री सुनिल लम्साल लाई मंगलबार हुने महासंघको अधिवेशनमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिएका थिए। तर यो सामान्य निमन्त्रणा भेटघाटभन्दा फरक मोडमा पुग्यो। अधिवेशनको निमन्त्रणा अस्वीकार, तर ठूलो सन्देश महासंघका अध्यक्ष रवि सिंह ले मन्त्रीलाई बधाई दिँदै अधिवेशनमा उपस्थित हुन आग्रह गरे। तर मन्त्री लम्सालले नम्रतापूर्वक निमन्त्रणा अस्वीकार गर्दै स्पष्ट कारण प्रस्तुत गरे—“कारण तपाईंहरूकै क्षेत्रसँग जोडिएको छ।” यसपछि मन्त्रीले सीधा प्रश्न गरे: पूर्वाधार निर्माण किन समयमै सकिँदैन?
कोठामा मौनता छायो। यही मौनतालाई तोड्दै मन्त्रीले आफू नै उत्तर दिए— मुख्य कारण घुसखोरी हो। घुसखोरी अन्त्य गर्ने ऐतिहासिक प्रस्ताव मन्त्री लम्सालले स्पष्ट शब्दमा भने क…