पर्खाल बनाउँदा सावधान! नियमको पालना गर्नुभयो ?

Reinforce Nepal
पर्खाल बनाउँदा सावधान! नियमको पालना गर्नुभयो ?
आजको निर्माण क्षेत्रको सन्दर्भमा कम्पाउण्ड वाल (घेराबार पर्खाल) एउटा महत्वपूर्ण भाग हो, जसले निजी वा संस्थागत सम्पत्तिको सिमा निर्धारण गर्न सहयोग गर्छ। यसले अनधिकृत प्रवेश, चोरी तथा बाहिरी असरहरूबाट सुरक्षा प्रदान गर्नुका साथै गोपनीयता कायम राख्न, सौन्दर्य थप्न र कानुनी सिमांकन सुनिश्चित गर्न ठूलो भूमिका खेल्छ । यति महत्वपूर्ण भए तापनि धेरै जग्गाधनीहरूलाई कम्पाउण्ड वाल निर्माण गर्नु केवल आफ्नो चाहना वा आवश्यकता जस्तो लागेको हुन्छ । तर,यसको निर्माण को लागि संघीय सरकार, भवन भिवाग वा सम्बन्धित स्थानिय तह ले तोकेको नियम तथा निर्देशिका ( जस्तै यसको उचाइ, निर्माण सामग्री, डिजाइन, सडक वा छिमेकीको सिमाबाटको दूरी लगायत विषयमा ) प्रायलाई थाहा हुँदैन। केही मानिसहरूलाई यस्ता नियम छन् भन्ने मात्र थाहा हुन्छ, तर तिनको विवरण, औचित्य वा पालना गर्नुपर्ने आवश्यकता बारेमा जानकारी हुँदैन। जसका कारण धेरैजसो समय योजना विना वा गैरकानुनी रुपमा निर्माण गरिन्छ, जुन पछि जरिवाना वा भत्काउने आदेशमा परिणत हुन सक्छ। त्यसैले, कम्पाउण्ड वाल बनाउनु अघि सरकारी निर्देशिका र इन्जिनियरिङ मापदण्डहरू को जानकारी लिनु अत्यावश…