आजको निर्माण क्षेत्रको सन्दर्भमा कम्पाउण्ड वाल (घेराबार पर्खाल) एउटा महत्वपूर्ण भाग हो, जसले निजी वा संस्थागत सम्पत्तिको सिमा निर्धारण गर्न सहयोग गर्छ। यसले अनधिकृत प्रवेश, चोरी तथा बाहिरी असरहरूबाट सुरक्षा प्रदान गर्नुका साथै गोपनीयता कायम राख्न, सौन्दर्य थप्न र कानुनी सिमांकन सुनिश्चित गर्न ठूलो भूमिका खेल्छ ।
यति महत्वपूर्ण भए तापनि धेरै जग्गाधनीहरूलाई कम्पाउण्ड वाल निर्माण गर्नु केवल आफ्नो चाहना वा आवश्यकता जस्तो लागेको हुन्छ । तर,यसको निर्माण को लागि संघीय सरकार, भवन भिवाग वा सम्बन्धित स्थानिय तह ले तोकेको नियम तथा निर्देशिका ( जस्तै यसको उचाइ, निर्माण सामग्री, डिजाइन, सडक वा छिमेकीको सिमाबाटको दूरी लगायत विषयमा ) प्रायलाई थाहा हुँदैन। केही मानिसहरूलाई यस्ता नियम छन् भन्ने मात्र थाहा हुन्छ, तर तिनको विवरण, औचित्य वा पालना गर्नुपर्ने आवश्यकता बारेमा जानकारी हुँदैन। जसका कारण धेरैजसो समय योजना विना वा गैरकानुनी रुपमा निर्माण गरिन्छ, जुन पछि जरिवाना वा भत्काउने आदेशमा परिणत हुन सक्छ।
त्यसैले, कम्पाउण्ड वाल बनाउनु अघि सरकारी निर्देशिका र इन्जिनियरिङ मापदण्डहरू को जानकारी लिनु अत्यावश्यक हुन्छ।
Compound wall बनाउन सामान्य नियमहरू :
- कम्पाउण्ड वाल निर्माण गर्नुपूर्व आफ्नो स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतबाट अनुमति लिन पर्ने हुन्छ।
- कम्पाउण्ड वालको उचाइ बढीमा १.२ मिटर राख्न पाइने छ । तर, प्रमुख प्रशासकिय अधिकृतको स्वीकृतिमा १.२ मिटरभन्दा माथि ०.६ मिटरभन्दा बढी नहुने गरी तारबार (wire mesh) राख्न अनुमति दिन सकिने छ । जम्मा उचाई १.८ हुने छ ।
- यदि घरधनीले तारबारको ( wiremesh ) उचाइ ०.६ मिटरभन्दा बढी राख्न आवश्यक देखिन्छ भने, नेपाल सरकार को रजिस्टर इञ्जिनियरबाट तयार पारिएको कम्पाउण्ड वालको स्ट्रक्चरल डिजाइन पेश गर्नु पर्नेछ ।
- सरकारी,सुरक्षा निकायहरू तथा विदेशी सरकारका कूटनीतिक निकायहरूलाई आवश्यक ठानिएमा १.२ मिटरभन्दा बढी उचाइको कम्पाउण्ड वाल निर्माण गर्न अनुमति दिन सकिनेछ।
- कुनै पनि स्थानिय तहको आफ्नो क्षेत्राधिारभित्र पर्ने कम्पाउन्ड वाल को निर्माण कार्य रोक्न अधिकार हुनेछ।
- स्थानीय तहले सौन्दर्यकरण र एकरूपताका लागि colour code , structural code र आफ्नो हिसाबले कम्पाउण्ड वालको डिजाइन लागू गर्न सक्छ ।
- स्थानीय, प्रदेश तथा राष्ट्रिय सबै प्रकारका सडकहरूको Right of way भित्र कम्पाउण्ड वाल निर्माण गर्न पाइने छैन ।
Government of Nepal
Ministry of Federal Affairs and General Administration (MoFAGA)
Provincial and Local Governance Support Program (PLGSP)
Kathmandu, Nepal
Comments
Post a Comment