Section - A (30 Marks)
1.सहकार्यात्मक शासनको अवधारणाको व्याख्या गर्दै नेपालमा यस्तो शासनलाई प्रभावकारी बनाउने आवश्यक पर्ने उपायहरुको उल्लेख गर्नुहोस्।
Explaining the concept of cooperative governance, mention the measures needed to make this governance effective in Nepal.
2. नेपालको राष्ट्रिय सुरक्षा नीतिको प्रमुख विशेषताहरुको प्रकाश पार्नुहोस्।
Shed light on major features of National Security Policy of Nepal.
3. नेपालको शासन प्रणालीका प्रमुख विशेषताहरुको प्रकाश पार्दै शासन प्रणालीलाई थप सेवा प्रवाहमुखी बनाउने उपायहरुको वर्णन गर्नुहोस्।
Highlighting on the main characteristics of the governance system of Nepal, describe the measures to make the governance system more service delivery-oriented.
Section - B (20 Marks)
4. नागरिकको मौलिक अधिकार र कर्तव्य भन्नाले के बुझिन्छ? नेपालको संविधानले नेपाली जनताहरुलाई प्रत्याभूत गरेको मौलिक हकहरुको कार्यान्वयन अवस्थाको वर्णन गर्नुहोस्।
What do you understand by the fundamental rights and duties of citizens? Describe the implementation status of the fundamental rights guaranteed to the Nepali people by the Constitution of Nepal.
5. नेपालको संविधानमा राज्यका तीन अङ्गहरू—कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन र नियन्त्रणको सम्बन्धमा के व्यवस्था उल्लेख गरिएको छ? स्पष्ट रूपमा वर्णन गर्नुहोस्।
What provisions have been mentioned in the Constitution of Nepal regarding the check and balance of power among the three organs of the state - the executive, the judiciary and the legislature? Describe clearly.
Section - C (30 Marks)
6. भन्छन् “नेपालको निजामती सेवा क्षमतावान छ तर यसले नतिजा प्रदान गर्न सक्दैन।” यदि यसले नतिजा प्रदान गर्न सक्दैन भने यो कसरी क्षमतावान हुन्छ? निजामती सेवालाई अझ नतिजामुखी बनाउने वर्तमान संरचनामा के कस्ता सुधार गर्नु आवश्यक हुन्छ? सुझाव दिनुहोस्।
It is said “Nepal's civil service is capable but can’t provide results”. If it cannot provide results, how can it be capable? What reforms in existing laws to be carried out to make civil service more result oriented. Suggest.
7. सार्वजनिक सेवामा राजनीतिक तटस्थता र प्रतिबद्धताको अवधारणास्पष्ट गर्नुहोस्। नेपालको सार्वजनिक सेवा क्षेत्रको सन्दर्भमा राजनीतिक तटस्थताको निर्धारण गर्ने विषयका अवस्थाको मूल्याङ्कन गर्नुहोस्।
Clarify the concept of political neutrality and commitment in public service. In the context of Nepalese public service sector, assess the current status of determinant factors of political neutrality.
8. नेपालमा सार्वजनिक नीति कसरी निर्माण हुन्छ? नीति निर्माण प्रक्रियासँग सम्बन्धित संक्षिप्त चर्चा गर्दै मुलुकको शासन प्रणाली लगायत विभिन्न क्षेत्र र विषयमा प्रचलित सार्वजनिक नीतिका प्रभावकारी कार्यान्वयन गर्ने तालीमका उपायहरुको उल्लेख गर्नुहोस्।
How is public policy formulated in Nepal? Discussing briefly about policy making process, mention the effective methods of implementation of the prevailing public policies in various areas and subjects including the governance system of the country.
Section - D (20 Marks)
9. मध्यमकालीन खर्च संरचनाको परिचय दिनुहोस्। यस सम्बन्धी विधानमा व्यवस्था उल्लेख गर्दै यसको आवश्यकता र उपयोगता पुष्टि गर्नुहोस्।
Give an introduction of Medium-Term Expenditure Framework. Mentioning the current provisions regarding it, justify its need and uses.
10. "सामाजिक उत्तरदायित्व" भन्नाले के बुझिन्छ? सार्वजनिक वित्त व्यवस्थापनमा सामाजिक उत्तरदायित्वको महत्त्वलाई उपयुक्त उदाहरणसहित चर्चा गर्नुहोस्।
What is meant by "Social Accountability"? Discuss the importance of social accountability in public financial management with suitable example.
Comments
Post a Comment